पोखरा महोत्सवमा भोलि शान्ति श्री र मेलिना राई आउने
पाेखरा | माघ २, २०८०
पोखरा: पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा भोलि (बुधबार) चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायिका मेलिना राई आउने भएकी छिन । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र साँझको लाइभ ब्याण्ड तर्फ मेलिना राईको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
शान्ति श्री संगै लोकदोहोरी कलाकारहरु जिवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्डमा मेलिना राइको प्रस्तुती रहने छ ।
महोत्सवको छैठौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको सहभागीता उल्लेख्य रहेको छ । त्यसैगरी कारोबार पनि बढ्दै गइरहेको आयोजकले जनाएको छ । महोत्सवमा मंगलबार रचना रिमालको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिए । रचना संगै पुरुषोत्तम न्यौपाने, जिवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुमन खड्का, परशुराम अधिकारी, केशव घिमिरे, कृष्ण गुरुङ, माया गुरुङ, दुर्गा क्षेत्री लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएभने साँझको लाइभ ब्याण्डमा श्री ३ को प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिए ।
महोत्सवमा हिमाली याक अवलोकन, घोडा सवार, विभिन्न जातजातिको भेषभुषाको पहिरनमा तस्विर खिचाउने, भिआर नाइन डी, नेपाल टेलिकमको निशुल्क सिम वितरण, कृषि, लत्ताकपडा, घरायसी सामाग्री किन्ने दर्शकको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

